गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई ७ दिनभित्र कारबाही गर्नुपर्ने माग गर्दै कास्कीका नेवि संघका केन्द्रीय सदस्यहरू आन्दोलित बनेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति बरालले स्वतन्त्रको पैरवी गर्दै नेपाल विद्यार्थी संघलाई हराउन लागेको उनीहरुको आरोप छ । कास्कीबाट प्रतिनिधित्व गर्ने ११ जना नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी पनि दिएका छन् ।
पोखरामा विहीबार यहाँ उपलब्ध केन्द्रीय सदस्यहरूले पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र पठाएको जानकारी गराए । उनीहरुले अनुशासन समिति कास्की, गण्डकी कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएको जनाएका छन् ।
‘आजका मितिबाट ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्दछौँ,’ उनीहरुले विज्ञप्ति मार्फत भनेका छन् ।
पार्टीको सभापति पदमा बसेर स्वतन्त्र उम्मेदवारको पक्षमा लागेर नेवि संघलाई नै हराउने गरी प्रस्तुत भएको बताए । कास्की काँग्रेसका सभापति बरालले सामाजिक सञ्जाल मार्फत स्ववियु निर्वाचनबारे लेखेका थिए– ‘शिक्षण संस्थालाई राजनीति होइन, ज्ञान र नेतृत्व विकासको केन्द्र बनाउनु अपरिहार्य छ ।’
स्ववियु निर्वाचन भएका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । लामाचौरमा स्वतन्त्र उम्मेदवार विजयी भए भने पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । विशेषगरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा नेवि संघबाट सचिवको उम्मेदवार समेत भएनन् । यसैकारण पनि नेवि संघ आन्दोलित बनेको हो ।
सभापतिकै कारण पराजय भोग्न परेको र उम्मेदवारी दिनसमेत वञ्चित भएको केन्द्रीय सदस्य अञ्जान थापाले आरोप लगाए ।
लामाचौर क्याम्पसमा नेविसंघले सचिवमा उम्मेदवारी दिएपनि नेविसंघकै केन्द्रीय सदस्य रेजिना खड्का मार्फत मनोनयनपत्र च्यात्न लगाएको आरोप केन्द्रीय सदस्यहरूको छ ।
सबै गतिविधि सभापति बरालको निर्देशनमा भएको आरोप केन्द्रीय सदस्य नसिब गुरुङले लगाए । स्ववियु निर्वाचनका लागि चन्दा उठाएर रकम अपचलन गरेको आरोप पनि उनीहरुले लगाए ।
केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले सभापति बराल पार्टी बनाउन भन्दा बिगार्न उद्धत भएको आरोप लगाए । केन्द्रीय सदस्यहरुले पिएनमा पार्टी सचिव भानु ढकालले स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेको स्पीकर फालेर नेवि संघको विपक्षमा विद्यार्थीहरुलाई लाग्ने माहौल सिर्जना गरेको आरोप पनि लगाएका छन् । बराललाई ७ दिनभित्र साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न नेविसंघ केन्द्रीय सदस्यहरुको माग छ ।
यसैबीच, पार्टी सभापति किशोर दत्त बरालले भने स्ववियुमा राजनीतिक दलको हस्तक्षेप हुनुहुँदैन भन्नेमा आफू दृढ रहेको र आम विद्यार्थीको भावना पनि यही भएको बताउँदै गलत गरेको भए कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले संकलित रकमको बारेमा केही समयपछि पारदर्शी रुपमा सार्वजनिक गर्ने पनि बताएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह