म्यानमारलाई केन्द्रबिन्दु बनाएर शुक्रबार (आज) मध्याह्न गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ।
सैन्य सरकारका अनुसार, भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ७३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
म्यानमारको मण्डले नजिकै केन्द्रबिन्दु रहेको यो भूकम्पले पुरानो शाही दरबारको केही भाग, महामुनी प्यागोडा र अन्य संरचनामा क्षति पुर्याएको छ। सगाइङ क्षेत्रमा ९० वर्ष पुरानो अवा पुल भत्किएको छ। राजधानीमा अस्पतालहरू प्रभावित भएका छन्। घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान छ। सञ्चार र विद्युत् अवरुद्ध भएका क्षेत्रबाट थप जानकारी आउन बाँकी छ।
थाइल्याण्डको बैंककमा चाटुचाक पार्क नजिकै निर्माणाधीन ३० तले भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री फुमथम वेचायचाइले ९० जना हराइरहेको बताए। उद्धार टोलीले ७ जनालाई जीवितै निकालेको छ। थाइल्याण्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राले बैंककलाई आपतकालीन क्षेत्र घोषणा गरी राहत कार्य तीव्र पारेको बताएकी छन्।
बैंककमा मेट्रो र रेल सेवा बन्द गरिएको छ। शुक्रबार स्टक एक्सचेन्जको कारोबार पनि स्थगित भयो। भूकम्पको धक्का चीनको युनान, भियतनाम र भारतको उत्तरपूर्वी क्षेत्रमा पनि अनुभव गरिएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले हताहती र क्षति अझै बढ्न सक्ने चेतावनी दिएको छ। म्यानमारको जारी गृहयुद्धले राहत कार्यमा अवरोध उत्पन्न भए पनि सैन्य जुन्टाले अन्तर्राष्ट्रिय सहायता मागेको छ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन