प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि भेट भएको छ । उनीहरूबीच ३५ मिनेट वान टु वान भेट भएको छ ।
भेटपछि प्रधानमन्त्री ओलीले नेपाली र हिन्दी भाषामा तथा मोदीले अंग्रेजी र नेपाली भाषामा भेट फलदायी भएको लेखेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताए । सामाजिक सञ्जालमा मोदीले नेपाली भाषामै बैंककमा प्रधानमन्त्री ओलीसँग भएको भेटघाट फलदायी रहेको लेखेका हुन् ।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन्, ‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौँ।’
ओलीले भने- वार्ता सार्थक र सकारात्मक रह्यो
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताए ।
मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन्। मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यो आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’
सम्बन्धित खबर
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन