सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ

सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ

pho

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिका–१ सिक्लेसको टोल नम्बर १० को धप्राङ्गथर युवा परिवारको आयोजनामा आगामी चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने धप्राङ्गथर युवा परिवारका अध्यक्ष लिलबहादुर गुरुङले जानकारी दिए । उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ७÷७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन बिहीबार बेलुका ४ बजेसम्म टिम दर्ता गर्न सकिने प्रचारप्रसार संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगिता गाउँकै पार्चे रग्यो खेल मैदानमा हुने उनले बताए । स्थानीय प्रतिभाको पहिचान र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ