पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एथलेटिक्स खेलाडीहरुको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण संगै जिल्ला स्तरिय प्रतियोगिताहरु सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको एथलेटिक्स संघले आगामी चैत्र २९ र ३० गते पोखरामा पोखरा ओपन एथलेटिक्स मीट २०२५ को आयोजना गर्न लागेको संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वोल्दै जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले आगामी चैत्र २९ र ३० गते पोखरामा एथलेटिक्स मीट २०२५ को आयोजना गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको बताए । नेपाली एथलेटिक्स खेल जगतको ईतिहासमै प्रथम राष्ट्रिय खेलकुद २०३८ साल देखि वि.सं २०७९ मा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्म गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीहरुले आफ्नो छुुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा गण्डकी प्रदेशबाट १ स्वर्ण, १ रजत र २ काश्य पदक जित्न सफल भएको बताउदै अध्यक्ष गुरुङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याराथनमा स्वर्ण, महिला ४ इन्टु १ सय मिटर रिलेमा रजत, हाईजम्प महिला र लङजम्प पुरुषमा काश्य पदक जित्न सफल भएको वताए ।
उक्त प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्ला हुँदै प्रदेशका लागि पदक दिलाउन योग्य बनाउने उद्देश्यका साथ यस प्रतियोगिताले गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीहरुको मात्र नभई देशै भरिका एथलेटिक्स खेलाडीहरुले आफ्नो खेल कौशलता प्रदर्शन गर्दैै खेलको अनुभव र मनोवल उच्च बनाउने लक्ष्य लिएको गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न १२ विद्या रहेका छन । जसमा पुरुष र महिला तर्फ दौड तर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ४ इन्टु सय मिटर रिले, लङजम्प, ट्रिपल जम्प, हाइ जम्प, सट पुट, ज्याभलिन थ्रो र कास्की जिल्ला भित्रको विद्यालय स्तरीय १०० मिटर दौड रहेको जिल्ला एथलेटिक्स संघ कास्कीका सचिव सिद्धान्त अधिकारीले बताए ।
प्रतियोगितामा १२ वटै विद्यामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद ५ हजार, तीन हजार र दुई हजार र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने बताउदै अधिकारीले त्यस्तै उदयीमान खेलाडी दुईजनालाई विशेष पुरस्कारको ब्यवस्था गरिएको समेत बताए । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख खर्च हुने छ । प्रतियोगितामा नेपाल भरका खेलाडीहरुले कुनैपनि विभागीय क्लब, प्रदेश, जिल्ला, संघ संस्था, विद्यालय, क्याम्पस साथै ब्याक्तिगत पनि नाम दर्ता गरि सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो