पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का तिवारीलाई कुलपति नियुक्त गरेका हुन् । उनको ५ वर्ष कार्यकाल रहनेछ ।
प्राडा तिवारी पोखरा विश्वविद्यालयमा डिन हुँदै उपकुलपतिसमेत भइसकेका छन् । स्वतन्त्र अनुसन्धानकर्ता तथा विकास योजना र मानव बस्ती विकासका प्राध्यापक तिवारीले भूगोलमा स्नातकोत्तर (एमए) हासिल गरेका छन् ।
मानवबस्ती विकासमा एमएससी र ग्रामीण तथा क्षेत्रीय विकास योजनामा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डबाट पीएचडी उपाधि प्राप्त गरेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति रोजेका हुन् ।
विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा. यमुना घलेले चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यी ३ जनाको नाम सिफारिस गरेका थिए ।
पहिलो कुलपति प्राडा गणेशमान गुरुङको गत फागुन ४ गते कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रियाको थालनी गरेको थियो । २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो ।
कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा यी ३ बाहेक प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन