पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा-३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे ।
पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३-२ को सेटले पराजित गर्न सफल भयो ।महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्यो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय महिला भलिबल टोलीकि कप्तान अरुणा शाहीले जानकारी दिइन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो