प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल बिहान ८ बजे एलिट भलिबल ‘ए’ र पिएन क्याम्पसबिच हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल शान्ता भलिबल र बागलुङ नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।
पुरुषतर्फ भएको खेलमा पिएन क्याम्पस र गलकोटको टोली विजयी भएका छन् । पिएनको टोलीले पोखरा भलिबल टेनिङ सेन्टर र गलकोटले नेवारी खाजा घर टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आइतबार महिलातर्फका दुई खेलपछि पुरुषतर्फका खेल सुरु हुनेछ । पुरुषतर्फको पहिलो खेल पर्वत र बिजी देउराली युथ क्लब, रुपा गाउँपालिकाबिच हुनेछ । त्यसपछि पकुवा पर्वत र स्याङ्जाबिच हुने आयोजकले जनाएको छ । तेस्रो खेल ब्रदरहुड नवलपुर र लाफा गाईज, चौथो एलिट भलिबल एकेडेमी र साजपानी म्याग्दी तथा पाँचौं गुरुङ गाइज र पिएन क्याम्पसबिच हुने तालिका छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो