पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्स बिच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १/१ अंक बाडे । दुवै टिमको समान दुई खेलबाट समान ३/३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव खनाल ४३ रनमा बोल्ड भए । उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रन्जित खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ४५ बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हुसेन १३ रनमा नटआउट रहे । उनले ९ बलमा २ चौका प्रहार गरे ।
प्रज्वल थापा शुन्यमै पेभिलियन फर्र्किए । सन्दिप राजाली १३, निश्चल चौधरी शुन्य, तुलबहदुर थापा ७ मधेशका लागि प्रदिप पासवान र हरिशंकर शाहले २/२ तथा पप्पु यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो । प्रदिप पासवान १३ रनमा नटआउट रहे । भने अफु्रदीन रेन ११ रनमा नटआउट रहे । रुपेश सिंहले २८ रन बनाउँदै आउट भए । पप्पु यादव १७ रनमा आउट भए । ओपनर हरिशंकर शाह १, रोहन विक १, विशाल सुस्लिङ्ग ३, दिपेश दास ९, विशाल पटेल ६, अभिषेक कार्की ४ रनमा आउट भए । लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चदै सर्वाधि ३ विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १/१ विकेट लिए ।
लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार व्यहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ ।
बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ‘सी’ को अन्तिम खेलहरु हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर