पोखरा । पोखरा महानगरपालिका वडानं १३, आर्वा स्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिबार देखि तेस्रो ‘नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१’ सुरु भएको छ । रतन पाण्डे माबि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिता सोमबार सकिने छ ।
गण्डकी प्रदेश भित्रका १६ वटा युवा समुहले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले नगद ४५ हजार, उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै प्रतियोगितामा उत्कृष्ट प्लियर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सेटरले नगद एक/एक हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
‘युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट बचत भएको रकम आर्वाको दादरामा निर्माणाधिन खेलकुद मैदान निर्माणमा नै खर्च गरिने क्लवका अध्यक्ष मनोज बरालले बताए । उनले यस प्रकारको भलिबल प्रतियोगिताबाट युवाशक्तीलाई खेलकुद प्रति आकर्षण गराउने, समग्र आर्वाको परिचय सहित प्रशिद्ध धार्मिक पर्यटकीय स्थल महाप्रभुधामलाई गन्तब्य को रूपमा चिनाउन सघाउ पुर्याउने जनाए ।
यसैबिच भलिबल प्रतियोगिताको उद्घाटन गदै पोखरामहानगर पालिका वडानं १३ का वडा अध्यक्ष कीरण बरालले नवदुर्गा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक नै वडा कार्यालयले गर्ने जानकारी दिंदै आगामी वर्षहरुमा पनि वडाले निरन्तरता दिंदै जाने प्रतिबद्धता जनाए । उनले सुबिधा सम्पन्न खेलकुद मैदानको अभावका कारण खेलकुद प्रति युवाहरुको आकर्षण नभएको बताउँदै आर्वाका दुई स्थान दादरा र दोबाटोमा खेलकुद मैदान बनाउन सुरू गरिएको जानकारी दिए । गत वर्ष देखि काम सुरू गरिएका यि दुई स्थानका खेलमैदानलाई आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी आफु लागि परेको उनको भनाई थियो ।
नवदुर्गा युवा क्लवका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रतनपाण्डे माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, नवदुर्गा टोल बिकाश संस्थाका अध्यक्ष सूर्यप्रसाद बराल, खेल संयोजक सन्त थापा, क्लबका उपाध्यक्ष रजनी बराल तथा सचिव सुदर्शन बराल लगायतले प्रतियोगिताका बारेमा बिभिन्न भनाईहरु राखिका थिए ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक अमर धितालले आफ्नो नयाँ लोकदोहोरी ‘रैछौं नौजाले’ बोलको गीत प्रस्तुत गर्नुका साथै अन्य गित गएर सांगितिक मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा क्लबले निर्माण गर्दै गरेको दादरा खेलमैदानमा बिभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ