पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ ।
आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ ।
१०२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी खेले उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दिप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रन्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा आउट भए । कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवाष भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि सुवाष भण्डारीले २६ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिए । नरेन्द्र सन्जाल र दिपेन्द्र यादव समान ५/५ रनमा नटआउट रहे । ओपनर अदित्य विक्रम शाह र अरुण ऐरी शुन्यमै पेभिलियन फर्किए भने रविन्द्रजंग शाही १, हिमान्सु शाही ८, राजप्रसाद शाह १ रनमा आउट भए ।
लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय कुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १/१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित भए ।
दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेशलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिदासम्म मधेश ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले ३० रनको योगदान दिएका थिए । उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक्युव अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिङ ३ र दिपेश दास १ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा नटआउट रहे । सन्जय बोहोराले २२ रनको योगदान दिए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर सुबोध ऐरी ८, सुनम बुढाथोकी, दिपक रोकाया र अभिनाष बस्याल शुन्य, सन्दिप भण्डारी ५ तथा मनसुन सिंह ३ रनमा आउट भए । मधेशका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदिप पासवानले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिपक रोकाया घोषित भए ।
हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश अंकविहिन हुँदै बाहिरियो । प्रतियोगितामा यस अघि काठमाडौं, गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन भोलि समूह ‘डी’ तर्फको सुन्दर हेरचाह आईसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह