नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता

नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता

Kaligandaki

पर्वत । पर्वतको कुस्मा नगरपालिका– ५ मोदीवेणीमा स्नान गर्न पुगेकी एक महिलालाई कालीगण्डकी नदीले बगाएको छ ।

सोमबार १२ बजेको समयतिर महाशिला गाउँपालिका घर भएकी ३८ वर्षीया विष्णु पन्तलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।

प्रहरीका अनुसार नदीमा स्नान गर्ने क्रममा बगेकी महिलालाई अहिलेसम्म फेला पार्न सकिएको छैन । खोजी कार्य भइहेको प्रहरीले जनाएको छ ।

कास्की आमरसिंहचोकमा बस्ने विष्णु कुस्मा दिदीको घरमा आएकी थिइन् ।

आज नयाँ वर्षमा कालीगण्डकी र मोदी नदीको दोभानमा स्नान गर्न जानेहरूको बिहानैदेखि भिड थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds