तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा सोमबार आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जितेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।
प्रतियोगितामा खोटाङका गजेन्द्र राई द्वितीय, रोल्पाका मनकुमार रोका मगर तृतीय, धनकुटाका उमेश थापा चौथो र भक्तपुरका विकास राई पाँचौँ भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३३ हजार ३३३, दोस्रो हुनेलाई रु २२ हजार २२२, तृतीय हुनेलाई रु ११ हजार १११, चौथो हुनेलाई रु पाँच हजार ५५५ र पाँचौँ हुनेलाई रु तीन हजार ३३३ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।
त्यस्तै महिलातर्फ लमजुङका विपना लामा प्रथम, लमजुङकै करुणा गुरुङ दोस्रो र तनहुँका सरस्वती डुम्राकोटी तृतीय भएका छन् ।
उनीहरुलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा १६६ धावकको सहभागिता रहेको थियो । कोत्रेबाट सुरु भएको दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपुर, भुजिकोट, स्थानथोक हुँदै भूमेभैरव कोट पुगेर सकिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको हो । उक्त ठाउँमा यसअघि विसं २०७५ मा पहिलोपटक दौड आयोजना गरिएको हो । दौडले यस ठाउँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको क्लबका अध्यक्ष अनिल खनालले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह