पोखरा । केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटको फाइनल खेल भोलि ५ गते (शुक्रबार) हुँदैछ । ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो ।
फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।
“भोलि भब्य कार्यक्रमका बीच फाइनल खेल संगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उहाँको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।”
पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए ।
वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करण समेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो ।
बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् ।
त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’