पोखरा । आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप विकलाई ६–२, ६–४ ले तथा सञ्जय रोकायाले प्रफुल्ल श्रेष्ठलाई ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
यु–१४ ब्वाइज सिंगलमा आसब सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–१ ले तथा सञ्जय रोकायाले अभिषेक विकलाई ६–०, ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । यु–१२ ब्वाइज तर्फको क्वाटरफाइलन खेलमा आर्यस राज पौडेलले अभिषेक बयलकोटीलाई ६–०, ६–० ले, बिदान्त चालिसेले नितेस थापालाई ६–०, ६–० ले, आरित मल्लले अनमोल नेपालीलाई ६–१, ६–० ले तथा ओम्युग थापाले सहान्स बस्न्यातलाई ७–५, ६–७ र ६–० को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे ।
सोही उमेर समुहको गल्सतर्फ सारा पन्तले कुशुम श्रेष्ठलाई ६–०, ६–० ले, थैया श्रेष्ठले ताभिसी ग्लोभान्नीलाई ६–२, ६–२ ले, इरा खत्रीले नाइरा घलेलाई तथा स्वारा थापाले आर्या पौडेललाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यु–१० ब्वाइज सिंगलमा कायन चालिसेले मार्कब पोखरेललाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । यु–९ ब्वाइज सिंगलफर्त जिवास भट्टराईले सोनम टी घलेलाई ५–४, ४–१ ले पराजित गर्दै सेमिफाइल प्रवेश गर्न सफल भए । दोश्रो दिनका बाँकि खेलहरु वर्षातका कारण स्थगित हुन पुगेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो