स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला’ जारी छ ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा (३० गते) देखि सञ्चालनमा बिहीबार पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै २ खेल सम्पन्न भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार बिहीबार भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्यो ।
पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्यो ।
यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो । ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्यो।
बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए ।
उनका अनुसार आज (शुक्रबार) पनि पहिलो चरणकै खेल हुनेछ ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसअघि मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी प्रतियोगिता, कुर्ची दौड तथा खुला नृत्य प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, विभिन्न ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह