पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
फुटसल प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । सात वटा टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगाएत बाट पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीतामा काठमाडौ,कास्की पुर्वान्चल, मकवानपुर र रुपन्देहीबाट एक एक टिम र आयोजक टिम चितवन बाट २ टीम गरी जम्मा ७ टीमको सहभागीता रहेको आयोजक समितीका संयोक प्रज्वल पौडेल ले जानकारी दिए । कार्यक्रममा सहभागी सबै टीमलाई धन्यवाद दीदै चितवन जिल्लाले स्वास्थ्यको लागी खेलकुद भनेर आयोजना गरेको यो प्रतियोगीताले इक्यानमा आवद्ध हुनुभएका सम्पुर्ण परामर्श दाताहरुमा एक अर्कामा संवन्ध झन प्रगाड बनाएको बताए । इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कँडेलले संचालन गरेका कार्यक्रको धन्यवाद सहित समापन चितवन जिल्ला अध्यक्ष दिपकचन्द्र भट्टराईले गरेका थिए।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?