धादिङको थाक्रेमा जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना अनिवार्य

धादिङको थाक्रेमा जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना अनिवार्य

dhading-thakre

धादिङ । धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ।

गाउँ कार्यपालिका कार्यालयले मंगलबार सूचना जारी गरेर उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउनुपर्ने निर्णय गरेको हो।

‘गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२–०१–०७ गतेको १४०औं बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ ।’ सूचनामा उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ