भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’

भुकम्प सचेतना

भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’

भूकम्प गएको १० वर्ष पुगेको अवसरमा

NAST

गोरखा भूकम्प गएको १० वर्ष पुगेको अवसरमा पोखरामा भूकम्प सिकाई प्रदर्शनी गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एक दिने भूकम्प सिकाई प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा पोखरा महानगरपालिका अन्तर्गतका शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएका थिए । भूकम्प जानुअघि, जाँदै गर्दा र गईसकेपछि के गर्नुपर्छ ? भूकम्पको तयारी गर्ने उपाय र विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर सम्बन्धि विद्यार्थीलाई प्रशिक्षित गराइएको नाष्टका भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए ।

भुकम्पविद् डा. वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुले ८ भन्दा ठुलो म्याग्नेच्युडको भूकम्प ल्याउन सक्ने शक्ति पश्चिम नेपालको जमिनमुनि संचित भइसकेको छ भनेर देखाइसकेको बताए । उनले सो अवस्थामा भविष्यमा जाने भूकम्पको तयारीको लागि हामी सबैले मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्रदर्शनीमा भूकम्प, भूकम्पको कारण, प्लेट टेस्टोनिक्स, गोरखा भूकम्प, भूकम्पको विज्ञान, मोडल र भूकम्पको म्याग्नेच्युड र भूकम्पको तीव्रता, र भूकम्पको भविष्यवाणी गर्न किन सकिदैन ? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

नेपालसहित स्विजरल्याण्ड, सिंगापुर, बेलायतमा भूकम्पको विधामा काम गरिरहेका विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षण गराएका थिए ।

प्रदर्शनीमा भूकम्पसम्बन्धि हाजिरीजवाफ र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds