नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् ।कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।
‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’ सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति पनि नेता नेपालले असन्तुष्टि जनाए । सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए । ‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ ।’
फरक प्रशंगमा नेता नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताए ।a
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन