कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

chatyang photo

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरू संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४६ वर्षीय भरतकुविर राई र १५ वर्षीय महेश राई हुन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजेको समयमा परेको चट्याङले उनीहरूको मृत्यु भएको हो ।

उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग (बाटो) बनाउने काम गरिरहेका थिए। सो स्थानमा आइतबारबाटै पदमार्ग विस्तारको काम सुरु भएको थियो, जसमा ९ जना मजदुर खटिएका थिए । अन्य ७ जना भने सकुशल रहेका छन् ।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको जनाइएको छ । घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ ।

उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ