पोखरा । कास्कीको अन्नपूर्णमा चट्याङ लागेर मृत्यु भएका दुई मजदुरको परिवारलाई आवश्यक आवक्षतिपूर्तिका साथै मृतकहरुको नाममा स्मृति चौतारी निर्माण गरिने सहमति भएको छ ।
आज मंगलबार मृतकहरुका परिवार र अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिम बहादुर गुरुङ लगायत विभिन्न सरोकार निकायहरुसँग भएको छलफलमा उक्त सहमति भएको हो ।
आज बिहान मृतकका परिवारलाई क्षतिपूर्तिकासाथै विभिन्न माग गर्दै किरात अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल किरात कुलुङ संघ, कास्की, किरात सेवा समाज, पोखरा–कास्की र पूर्वाञ्चल सेवा समाजले संयुक्त रुपमा अपिल सार्वजनिक गरेको थियो । सोही पश्चात वडाध्यक्ष समक्ष छलफल भएको हो ।
छलफलबाट वडाध्यक्ष गुरुङको नेतृत्वमा सम्बधित निकाय अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पश्चिमाञ्चल ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) तथा अन्य सरोकारवाला निकायहरुमा हदै सम्मको क्षतिपूर्ति तथा राहत सहयोगको पहल गरिने सहमति भएको छ ।
साथै, शवहरु मृतकका स्थायी वतनमा पुर्याउन लाग्ने सम्पूर्ण खर्च अन्नपूर्ण गाउँपालिका– ११ ले व्यहोर्ने र निर्माण भइरहेको पदमार्गको उपयुक्त स्थानमा मृतकहरुको नाममा स्मृति चौतारी निर्माण गरिने सहमति भएको छ ।
गएको आइतबार दिउँसो करिब २ बजे अन्नपूर्णमा चट्याङ लागेर पदमार्ग निर्माण कार्यमा खटिएका संखुवासभाको सिलीचोङ गाउँपालिका– २ का ४६ वर्षीय भरतकुविर राई र १५ वर्षीय महेश राईको मृत्यु भएको थियो ।
आइतबारदेखि नै सुरु गरिएको उक्त परियोजना अन्नपूर्ण गाउँपालिका– ११ को जिम्मेवारीमा सञ्चालनमा रहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ