पोखरा । कास्कीको अन्नपूर्णमा चट्याङ लागेर मृत्यु भएका दुई मजदुरको परिवारलाई आवश्यक आवक्षतिपूर्तिका साथै मृतकहरुको नाममा स्मृति चौतारी निर्माण गरिने सहमति भएको छ ।
आज मंगलबार मृतकहरुका परिवार र अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिम बहादुर गुरुङ लगायत विभिन्न सरोकार निकायहरुसँग भएको छलफलमा उक्त सहमति भएको हो ।
आज बिहान मृतकका परिवारलाई क्षतिपूर्तिकासाथै विभिन्न माग गर्दै किरात अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल किरात कुलुङ संघ, कास्की, किरात सेवा समाज, पोखरा–कास्की र पूर्वाञ्चल सेवा समाजले संयुक्त रुपमा अपिल सार्वजनिक गरेको थियो । सोही पश्चात वडाध्यक्ष समक्ष छलफल भएको हो ।
छलफलबाट वडाध्यक्ष गुरुङको नेतृत्वमा सम्बधित निकाय अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पश्चिमाञ्चल ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) तथा अन्य सरोकारवाला निकायहरुमा हदै सम्मको क्षतिपूर्ति तथा राहत सहयोगको पहल गरिने सहमति भएको छ ।
साथै, शवहरु मृतकका स्थायी वतनमा पुर्याउन लाग्ने सम्पूर्ण खर्च अन्नपूर्ण गाउँपालिका– ११ ले व्यहोर्ने र निर्माण भइरहेको पदमार्गको उपयुक्त स्थानमा मृतकहरुको नाममा स्मृति चौतारी निर्माण गरिने सहमति भएको छ ।
गएको आइतबार दिउँसो करिब २ बजे अन्नपूर्णमा चट्याङ लागेर पदमार्ग निर्माण कार्यमा खटिएका संखुवासभाको सिलीचोङ गाउँपालिका– २ का ४६ वर्षीय भरतकुविर राई र १५ वर्षीय महेश राईको मृत्यु भएको थियो ।
आइतबारदेखि नै सुरु गरिएको उक्त परियोजना अन्नपूर्ण गाउँपालिका– ११ को जिम्मेवारीमा सञ्चालनमा रहेको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो