पोखरा । पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ ।
पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो ।
हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र कास्की जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष मिलन गुरुङ, सचिव अञ्जु केसी र कार्यालय प्रमुख सुनबहादुर लामाले हस्तान्तरण गरेका थिए ।
बोतललाई पुनः प्रयोग गर्नका लागि यो योजना अघि बढेको हो । विशेषगरि प्लाष्टिकका बोतलहरु ल्याण्डफिल साइडमा नजानेगरि यो योजना अघि बढेको हो । उक्त विनमा बोतलको विर्को राख्ने र बोतल राख्ने फरक फरक रहेको छ ।
हिमालयनका प्लाष्टिक र युुएनडिपीको तर्फबाट योन्सियो ओह र जिसिआरयु परियोजना सशी थापाको समेत सहभागिता रहेको थियो । बोतल विन उपलब्ध गराएकोमा कास्की जिल्ला विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा भित्रका फोहोर संकलनका लागि गरेको सहयोगले पर्यावरणलाई समेत सफा राख्न मद्धत गर्ने सुनाए । उनले रंगशालाभित्र विभिन्न गतिविधि निरन्तर हुने र त्यहाँ प्लाष्टिक जन्य बोतलको प्रयोग र व्यवस्थापनमा समेत चुनौति रहेको समयमा बोतल विनले व्यवस्थापनमा टेवा पुग्नेमा आशावादी रहेको सुनाए ।
रंगशालामा एक–दुई थानले मात्र नपुग्ने भन्दै थप व्यस्थापनका लागि अन्य विन समेत ल्याउन आग्रह गरे ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’