बागलुङ । बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ ।
लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
लिफ्टिङमार्फत पानी तानेर गाउँमा ६ हजार र ८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।
बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र जनश्रमदान चार लाख दुई हजार ९६० रुपैयाँ गरी कूल २४ लाख ६० हजार ७०० रुपैयाँको लागतमा एक घर एक धार निर्माण भएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् ।
काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँमा खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घरघरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो