पोखरा । पृथ्वी नारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले विद्यार्थीका लागि ‘शोध-पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी’ आयोजना गरेको छ ।
पोखरा वडा नं. १६ स्थित पर्यटकीय स्थल ढिकीडाँडामा सञ्चालित दुई दिवसीय गोष्ठीमा इतिहास विषयमा स्नातकोत्तर चौथो तथा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सहभागी रहेका थिए ।

गोष्ठीमा प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटाले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका थिए ।
गोष्ठीमा निवर्तमान विभागीय प्रमुख सहप्राध्यापक बसन्तप्रसाद पराजुलीले शोधप्रस्ताव लेखनमा यो गोष्ठी लाभदायक रहने विश्वास व्यक्त गरे ।

विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठी शुभारम्भ कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत र तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए । विद्यार्थीका तर्फबाट बोल्दै विपिन आचार्यले कार्यशाला गोष्ठी निकै उपयोगी बनेको बताए ।
विभागीय प्रमुख ढकालले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस प्रकारको गोष्ठीले विद्यार्थीलाई लेखनमा सहजता मिल्ने बताउँदै विषयगत विज्ञ प्राध्यापकहरूको अनुभवलाई विद्यार्थीसँग बाँड्ने हेतु कार्यक्रम आयोजना गरेको बताए ।


सम्बन्धित खबर
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण