भारतका धनाढ्यको सूचीमा मुकेश अम्बानी एक नम्बरमा रहेका छन् । उनको सम्पत्ति बिगत एक वर्षदेखि अम्बानीको सम्पत्ति प्रत्येक दिन ३०० करोड भारतीय रुपैयाँले बढिरहेको हालसालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको कुल सम्पत्ति ३,७१,००० करोड भारतीय रुपैयाँ रहेको रिपोर्ट सार्वजनिक भएको छ । उनको कमाइ दैनिक ३ सय करोड भारतीय रुपैयाँ रहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुमा चर्चामा रहेको छ ।
उनै अम्बानीको जीवन सफलताको सूत्र हामी यहाँ उल्लेख गर्दैछौं–
संसारमा पैसा कमाउन र धनी बन्न चाहने सबै हुन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पूरा गर्न सक्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहनत र लगनसिलताका कारण नयाँ उचाई दिए । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरुको प्रेरणाका स्रोत हुन् ।
मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गुरु मान्छन् । पैसाको पछाडि दौडिदैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् त्यसलाई पूरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुँदैन । रेभिन्यूले आफैँ बताउँछ ।
उनी व्यवसायमा मात्रै हैन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी इन्डिय प्रमियर लिग ९आईपीएल० क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक हुन् ।
कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन्, आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।
जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुन सक्छन् । तर यी दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।
दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ । मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनु पर्छ ।
सम्बन्धित खबर
रास्वपा सभापति लामिछानेको सहकारी ठगीबाहेक सबै अदालतबाट संगठित अपराधका मुद्दा फिर्ता
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?
एउटै आन्दोलनमा सहभागी कोही सांसद–मन्त्री, कोही कारागारमा बस्नु पर्ने ?: आरेन राई
डिएभी कलेजको छतबाट खसेर विद्यार्थीको मृत्यु
यो पनि पढौँ
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते