मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु

मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु

yarsha

मनाङ । मनाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङ रहेका छन् ।

शुक्रबार मनाङको नार्पाभूमि गाउँपालिका २ ताङ्चे खर्क हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न जाँदा भिरबाट लडेर उनको मृत्यु भएको हो ।

शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds