मोवाइलमा अर्कै पुरुषको फोटो देखेपछि सेनाले गरे श्रीमतीको हत्या

मोवाइलमा अर्कै पुरुषको फोटो देखेपछि सेनाले गरे श्रीमतीको हत्या

hatya

सुर्खेत । सुर्खेतमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

गुर्भाकोट नगरपालिका–५ का २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेमा ओली खत्रीको हत्या गरेका प्रहरीले जनाएको छ।

प्रेमाको मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि उनको हत्या गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।

दर्शन नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत थिए । श्रीमतीको हत्या गर्ने उद्देश्यले नै उनी पाँचथरबाट छिन्चु आएको र प्रेमालाई गुर्भाकोटबाट त्यही बोलाएर हत्या गरेको पाइएको प्रहरीको भनाई छ ।

प्रेमाको शव आइतबार भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा घुँडासम्म पानी भएको खाडलमा भेटिएको थियो ।

प्रहरीका अनुसार शनिबार साँझ छिन्चु बजारमा खत्रीले श्रीमती प्रेमा ओलीलाई आफूले सामानहरू पठाएको भन्दै बोलाए थिए । प्रेमा घरबाट सामान लिन भनेर छिन्चु बजार पुगिन्। साँझ ६ः३० बजेतिर छिन्चुमा श्रीमान र श्रीमतीबीच भेट भयो। खत्रीले सामान साथीसँग पठाएको भनेर ढाँटेका थिए। उनीहरूबीच भेट भइसकेपछि घरतर्फ लागे। विगत पाँच वर्षदेखि सम्बन्धनमा खटपट भएको उनीहरूको बाटोमै झगडा सुरु हुन थाल्यो।

छिन्चुबजारदेखि साँझ ७ बजेतिर उनीहरू दुवैजना झिगेनारा खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ लागे। त्यहाँ उनीहरूको आधा घण्टा बढी झगडा चलेको प्रहरीको भनाइ छ।

प्रारम्भिक बयानमा जक्सनले धेरै सम्झाउँदा पनि नमानेपछि टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

डुङ्गाले हानेपछि भुइँमा ढलेकी प्रेमालाई उनैले प्रयोग गरेको सलले बेरेर खोलामा फालेको बयान जक्सनले प्रहरीलाई दिएका छन् । प्रेमाको हत्यापछि राति आठ बजेतिर जक्सन गुर्भाकोटस्थित घर गएका थिए ।

मोबाइलमा अर्कै पुरूषको फोटो देखेपछि एकाएक आवेगमा आएर हत्या गरेको बयान दर्शनले प्रहरीसमक्ष दिएका थिए ।

प्रहरीका अनुसार दर्शनको पनि तीन जना महिलासँग सम्बन्ध रहेको खुलेको छ।

श्रीमान परस्त्रीसँग लागेको थाहा पाएपछि नै प्रेमा र दर्शनबीच अविश्वास चुलिएको र प्रेमाले पछिल्लो समय फेसबुकमा परपुरूषको फोटो राखेपछि दर्शन बिदा मागेर घर आएको प्रहरीको भनाइ छ।

खत्रीले प्रेमासँग विवाह भएको शुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र विस्तारै बढी शंका गर्दा पाँच वषैदेखि सम्बन्ध राम्रो नभएको बयान प्रहरीलाई दिएका छन्।

प्रेमाको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको प्रहरीले जनाएको छ।

गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीया छोरीसहित प्रेमा एक्लै बस्दै आएकी थिइन्। उनको माईती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो। खत्री र प्रेमाबीच विवाह भएको सात वर्ष भयो। यसअघि २०८१ भदौ असोजतिर खत्री बिदामा घर आएका थिए।

प्रहरी हिरासतमा रहेका दर्शनलाई जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ