पोखरा । पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् ।
मंगलबार बिहान वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई हातपात गरेका हुन्।
महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।
उनीहरूले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराउँदछौ ।’ कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।
तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् । आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने उनीहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो