काठमाडौंको तीनकुनेमा तीन वटा सवारी साधन ठोक्किँदा एक महिलाको मृत्यु

काठमाडौंको तीनकुनेमा तीन वटा सवारी साधन ठोक्किँदा एक महिलाको मृत्यु

3-kune-accident

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुनेमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो। भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो ।

भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ । ईभी भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकर गापा घर हुने वर्ष २४ की मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ ।

प्रहरीले बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्का तथा ईभी, मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ