पोखरा । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।
लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न उक्त प्रतियोगितामा ८ टोस्टमास्टर्स क्लबहरूको सहभागीता रहेको थियो ।
दिनभर चलेको प्रतिस्पर्धमा सहभागीले उत्कृष्ट फुटबल कौशल देखाउँदै टोस्टमास्टर्स समुदायको आत्मीयता र सहकार्यको भावना झल्काएका थिए ।
प्रतियोगितामा जावलाखेल ओरेटर्स टोस्टमास्टर्स क्लब विजेता हुन सफल भएको छ भने अग्नि टोस्टमास्टर्स क्लबको टिम अग्नि स्कर्पियन उपविजेता बन्न सफल भएको छ । कार्यक्रममा विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी टिम रूस्लानका पृथम श्रेष्ठ मोस्ट भ्यालुएबल पुरुष प्लेयर, ओजश्वी तिमिल्सिना मोस्ट भ्यालुएबल महिला प्लेयर, दत्ता पनेरू बेस्ट गोलकिपर, टिम काठमाडौं नाइट्सका नवदिप खत्रीलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरूलाई लुगाज क्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्सद्वारा विशेष ट्रफी तथा उपहारसहित सम्मानित गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा डीएभी कलेजका संयोजक माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ, स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु