ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ ।
उनले वासिङ्टन डीसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बंगलादेश प्रतिदिनको रिपोर्टमा उल्लेख छ ।
“प्रमाणपत्र प्राप्त गरेपछि उनले पासपोर्टका लागि पनि आवेदन दिए,” दैनिक बंगलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए ।”
तीमध्ये जोयसहित तीनजना बंगलादेशी मूलका रहेको बताइएको छ । अवामी लिगका नेता एवं पूर्वसूचना राज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बंगलादेशी पासपोर्ट, जुन उनी यात्रा गर्न प्रयोग गर्थे, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो । यस परिस्थितिमा उनले अमेरिकी पासपोर्ट प्राप्त गर्नुपर्यो ।”
“ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन । जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ । हालको अवस्थामा उनले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो,” उनले भने ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएकी थिइन् । हसिना भारत भागेपछि त्यहाँ नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।रासस/एएनआई
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन