बागलुङ । यहाँको गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् ।
गलकोट नगरपालिका ७ मूल्म हाल सुनवल नगरपालिका वडा नं १ निवासी समाजसेवी दुर्गा बहादुर र उनकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्ण बहादुर थापा र उनकी धर्मपत्नी थुमा थापाले ५ आना जग्गा सातसय बगाले थापा समाजलाई प्रदान गर्नुभएको संस्थाका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए ।
जग्गा प्राप्ति सँगै अब सामाजिक घर निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक तयारी गरिने अध्यक्ष थापाले बताए । दान गरिएको जग्गाको हालको मूल्य झण्डै ३० लाख रुपैयाँ रहेको छ ।
गलकोट नगरपालिका ७ मल्ममा बगाले थापाहरुको कुलपूजा हुँदा बाहिरबाट आउने बन्धुबान्धव र अन्य समयमा गाउँमा आउने पर्यटक सँगै पाहुनाहरुको सहज आवासको निमित्त समाज घर निर्माणको योजना तय भएको संस्थाका महासचिव थम्मन थापा सन्देशले जानकारी दिए ।
मालपोत कार्यालय बागलुङ मार्फत जग्गादाताले संस्थाको नाममा रजिष्ट्रेशन पास गरि संस्थाका अध्यक्ष छुम बहादुर थापालाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेको सचिव सुवेदार मिन बहादुर थापाले बताए ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह