बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सफल पार्न तयारी तिव्र पारेको छ ।कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
जागरण अभियानको लागि नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे संयोजक रहेको आर्थिक, सचिव खिम बहादुर साहानी संयोजक रहेको मञ्च व्यवस्थापन, उपाध्यक्ष कौशिला घर्तीको संयोजक रहेको अतिथि सत्कार, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य थम्मन थापा सन्देश संयोजक रहेको प्रचार प्रसार, गण्डकी प्रदेश सदस्य ललित श्रीसको संयोजक रहेको यातायात व्यवस्थापन, प्रदेश समिति सदस्य मेघ बहादुर विक पहाड संयोजक रहेको स्वयंसेवक परिचालन र झण्डा व्यानर व्यवस्थापन, प्रदेश समिति सदस्य शेर बहादुर खड्का संयोजक रहेको जनसहभागिता, प्रदेश सदस्य चन्द्रदत्त रेग्मीको संयोजक रहेको झाँकी व्यवस्थापन तथा साँस्कृतिक व्यवस्थापन समिति गठन गरिएको नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला संयोजक राजिव घिमिरेले जानकारी दिए ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रिय सल्लाहकार संविधान सभा सदस्य क्याप्टेन पूर्ण बहादुर राना, केन्द्रिय वैकल्पिक सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डेले आफना धारणा राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर समिति अध्यक्ष गंगा बहादुर भुजेलले प्रस्तावहरु प्रस्तुत गरेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर सचिव खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान बागलुङमा जेठ ८ गतेको लागि तय गरिएको छ । उक्त दिन बुर्तिबाङ बजार र गलकोट हटिया बजारमा जनसभा आयोजना गरिएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह