लमजुङ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ।
लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका ९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जेठ ५ गते उद्घाटन गरेका हुन्।
नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्।
हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मस्र्याङ्दी गाउँपालिका- ९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सन्चारकर्मीहरुको समेत उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो