डीएसपीले चलाएको गाडीले सांसद चढेको गाडीलाई दियो ठक्कर

डीएसपीले चलाएको गाडीले सांसद चढेको गाडीलाई दियो ठक्कर

gandaki_acc

पोखरा । कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेको छ ।

आज दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

उक्त गाडीमा कोशी प्रदेशसभा सदस्यहरु राधाकृष्ण खनाल, मैया श्रेष्ठ लावती, विद्या चाम्लिङ, नम्बरलाल धिमाल र चालक भेशराज श्रेष्ठ थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

विपरित दिशाबाट आएको बा ५ च ३५३० नम्बरको कारमा भने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी डीएसपी खड्काले नै चलाएको बताइएको छ ।

दुवै गाडीमा सवारको अवस्था सामान्य नै रहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ