पोखरा । पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् ।
श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् ।
यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता हाँसिल गर्दै आएको बताए। उनले श्रीलंकामा पनि आर्यसले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे। संघका प्रथम उपाध्यक्ष नविन चालिसेले आर्यस पोखराबाट उदाएका र पोखरेलीले गौरब गर्न लायक खेलाडी भएको बताउँदै श्रीलंकामा पनि राष्ट्रको शान उँचो पार्न शुभ कामना व्यक्त गरे ।
सो अवसरमा खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने उक्त प्रतियोगितामा आफ्नों अनुभवको सक्दो प्रयोग गर्ने बताए । ‘खेलमा हार वा जित जे पनि हुन सक्छ, तर म मेरो सम्पूर्ण प्रयास लगाउने छु’–उनले भने ।
विदाई समारोहमा कास्की टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुले खेलाडी पौडेललाई खादा, माला ओढाएर नेपाली राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’