यु–१६ गण्डकी छनौंट क्रिकेटः तनहुँ ४ विकेटले विजयी

यु–१६ गण्डकी छनौंट क्रिकेटः तनहुँ ४ विकेटले विजयी

tanahu

पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो ।

बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १/१ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको तनहुँले १३.४ ओभरमा ६ विकेटको नोक्सानीमा जित हाँसिल गर्यो । प्लेयर अफ द म्याच समेत बनेका सुप्रिम सुनारले ४० बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५५ रनको पारी खेले, अंकित झाले १३ रन जोडे ।

बाग्लुङको बलिङमा सचिन परियारले २ विकेट लिंदा अविनास श्रफ, रमित कँडेल, कृष केसी र आर्यसिद्धी सापकोटाले १/१ विकेट लिए । वर्षाका कारण खेल ढिलो शुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो । जितसंगै समुह ‘ए’ बाट तनहुँले पनि २ अंक जोडेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ