चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको छ। ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादव छन् ।
यस्तै, ०१–००६ ख ६२८७ नम्बरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रवि कुमार यादव र अनिल कुमार यादव घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन