नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक ठोक्किँदा सात जना घाइते

नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक ठोक्किँदा सात जना घाइते

Trak-accident

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको छ। ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादव छन् ।

यस्तै, ०१–००६ ख ६२८७ नम्बरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रवि कुमार यादव र अनिल कुमार यादव घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ