पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला जारी गण्डकी प्रदेश स्तरिय यु १६ छनौंट क्रिकेट प्रतियोगितामा शुक्रबारदेखि समुह ‘बि’ तर्फको खेल शुरु भएको छ । शुक्रबार नवलपुरले पर्वतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको पर्वतले निर्धारित ३५ ओभरको खेलमा २३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रनको योगफल तयार पार्यो ।
पर्वतको ब्याटिमा क्रिस कुँवरले ३२ रन जोडे । अनुप सिंहले १३ तथा प्रतिक रावल र अंकुश कुँवर दुवैले समान १० रन बनाए । नवलपुरका बलर समिर रोक्काले ४ विकेट लिए । प्लेयर अफ द म्याच समेत रहेका समिरले ४.२ ओभरमा १५ रन खर्चिएका थिए । अर्का बलर शैलेस काफ्लेले ५ ओभरमा २३ रन खर्चिएर ४ विकेटनै लिए । सुजन अर्याल र गौरब न्यौपानेले पनि एक एक विकेट लिए ।
जितका लागि सय रनको लक्ष्य पछ्याएको नवलपुरका लागि समिर न्यौपानेले महत्वपूर्ण २५ रनको योगदान दिए । विस्फोटक व्याटिङ गरेका समिरले १२ बलमा २ छक्का र २ चौका प्रहार गरे । रजत भूर्तेलले २३ तथा प्राञ्जल पौडेलले २२ रनको पारी खेले । पर्वतका बलर अर्पित गिरीको हातमा १ विकेट पर्यो । जितसंगै नवलपुरले तालिकामा २ अंक जोड्न सफल भयो ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु