गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
`बाटो भीरको मलाई पिर रहेछ पचास तिरको …´ — यही मार्मिक बोलले सुरु हुने लोकगीत ‘बाटो भीरको’ पछिल्लो समय युट्युब, टिकटक र फेसबुकमा निकै चर्चामा छ ।
गायक सूर्य खड्का र गायिका निशा क्षेत्रीको आवाजमा सजिएको गीतले पाचँ दिनमै युट्युब ट्रेन्डिङको तेस्राे स्थान कब्जा गरेको छ । नेपाली लोकसंगीतको स्वाद फेरि जनजनमा पुर्याएको छ।
गीतले विशेषगरी जीवनका पछिल्लो कालखण्डमा आइपर्ने चिन्ता, थकान, रित्तिएको भावना र गाउँघरको यथार्थलाई अत्यन्त गहिरो शैलीमा प्रस्तुत गरेको छ । `पचास तिरको´ उमेर समूहका मानिसहरूले भोग्नुपर्ने जिम्मेवारी, अपहेलना र सम्झनाको भावनालाई शब्दकार तथा संगीतकार शिव अखेलीले यथार्थपरक र हृदयस्पर्शी ढंगमा उतारेका छन् ।
संगीत संयोजन तारानाथ आचार्य, निर्देशन र छायांकन दुर्गा पौडेल, सम्पादन नविन घर्ती मगरले गरेका छन् । अभिनयमा सूर्य खड्का, स्मारिका ढकाल तथा सफल सापकोटाको सशक्त टिमवर्कले गीतलाई थप जीवन्त बनाएको छ ।
विशेष कुरा के छ भने गायक सूर्य खड्का, सर्जक शिव अखेली र संगीत संयोजक आचार्य तीनैजना बागलुङका हुन् जुन जिल्लालाई लोकगीत र मौलिक संस्कृतिको उर्वरभूमिका रूपमा चिनिन्छ ।
बागलुङकै माटोले हुर्किएका यी स्रष्टाहरूको सहकार्य यसअघि ‘दरबार’, ‘ढुङ्गेधारा’, ‘नैना रेशम’ लगायत थुप्रै हिट गीतमार्फत सफल भइसकेको छ ।
गीत सूर्य खड्काको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हाल गायक सूर्य जापान, सर्जक अखेली यूरोप र गायिका निशा क्षेत्री अस्ट्रेलियामा रहेका छन् । भौगोलिक दूरीले होइन, भावना र सिर्जनाले सँगै रहेका उनीहरूको गीतले अहिले लाखौं नेपालीको मन छोइरहेको छ ।
‘बाटो भीरको’ गीत न केबल एक मनोरञ्जन हो, यो उमेर, समय र अनुभवको गहिरो दस्तावेज हो जसले नेपाली लोकसंगीतलाई नयाँ धार दिँदै विश्वभर छरिएका नेपालीहरूलाई आफ्नै माटोको सुगन्ध सुनाइरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
पोखरामा खचाखच दर्शकबीच ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’
कवितासङ्ग्रह ‘अङ्कुर’ सार्वजनिक
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’