खेलकुद पत्रकार मञ्चको टिमलाई पोखरामा स्वागत

खेलकुद पत्रकार मञ्चको टिमलाई पोखरामा स्वागत

khel

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरूलाई पोखरामा स्वागत गरेको छ ।

पोखरा रंगशालास्थित मिडिया सेन्टरमा आयोजित कार्यक्रममा एनएसजेफ गण्डकीका अध्यक्ष एमबि आस्थामगरले स्वागत गरेका हुन् । कार्यक्रममा एनएसजेफ गण्डकीका पदाधिकारीहरु, खेल पत्रकारहरु, सञ्चारकर्मी, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनएसजेफका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारी, वरिष्ठ उपाध्यक्ष अन्जन खड्का, पूर्वअध्यक्षहरु निरञ्जन राजवंशी, अजय फुयाललाई पोखरामा स्वागतसँगै बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा एनएसजेफ गण्डकी अध्यक्ष एमबि आस्थाले नवनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रदेश र केन्द्रको मञ्चबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । आगामी दिनका अझ बलिायो सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले गण्डकी मञ्चको अतिथ्यप्रति आभार व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ