अन्तर वडा स्तरीय फुटबल: वडा नं. १ र ५ विजयी

अन्तर वडा स्तरीय फुटबल: वडा नं. १ र ५ विजयी

khel

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन दुई खेल सम्पन्न भएको छ ।

आइतबार भएको पहिलो खेल वडा न. १७ र १ बिच भएको थियो । जसमा १ ले २–१ गोलको अन्तरले पछि पार्दै विजयी भयो । वडा न. ८ र ५ बिच भएको दोस्रो खेलमा ४–१ गोल अन्तरले वडा न. ५ ले जित आफ्नो पक्षमा पार्न सफल भयो । आज पहिलो खेल वडा न १३ र १४ बिच हुनेछ ।

दोस्रो वडा न. २५ निलो र वडा न. २० बिच हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए ।

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान (गौरी) मा सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ