चितवनका अटोमोबाइल्स व्यवसायीहरु पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने

चितवनका अटोमोबाइल्स व्यवसायीहरु पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने

Exploring RUKUM

भरतपुर । चितवनका अटोमोबाइल्स व्यवसायी यूवाहरू आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने भएको छन् । चैत १४ देखि १७ सम्म चार दिनका लागि उनीहरु यात्रामा निस्कन लागेका हुन् ।

चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ । रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।

यात्रा नारायणगढदेखि पोखरा, वाग्लुुङ हुँदै मध्य पहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ । वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानिमहल, अवलोकन गरि चीनको कोरला नाका जोड्ने महत्वकाङछी सडक कालीगण्डकी करिडोरको पाल्पा रामपूर हुँदै नारायणगढमा आइ यात्रा समापन हुनेछ ।

कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिए । यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स छ । टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसपको साथ छ । व्यावसायिक सहयोगीमा सेन्टर कलेज भरतपूर, हिमानी एजुकेसन, मनकनमना पार्टस उद्योग र भि.एस.के. पार्टसको साथ रहेको मोहन केसीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ