अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न

अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न

Hemja football (2)

पोखरा । कास्की पोखरा महानगरपालिका वडा न.२५ हेमजामा स्थिापित हेमजा यूनाइटेडको आयोजनामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधबार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।

वुधवार भएको वडा न. १३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न. १३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का जर्सी न. १० का अशोक लामा, जर्सी न. ८ का रोसन सुनवार र जर्सी न.११ का प्रदिप श्रेष्ठले १/१ गोल गरेका थिए । वडा न. १५ का जर्सी न. १ का बलराम खत्री उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

विहिवार सेमिफाइनलको पहिलो खेल आयोजक वडा न.२५ (निलो) र वडा न.१ विच विहान ठिक ८ः०० बजे हुनेछ । दोस्रो सेमिफाइनल खेल वडा न.१५ र वडा न.५ विच विहान ठिक १०ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न. २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ