पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणीराज लामिछानेले पत्रकार सम्मेलनमा बताए ।
महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वनास्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीन जना डुंगा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मुल आयोजक समारोह तथा प्रतियोगिता संयोजक बत्ति गुरुङको संयोजकत्वमा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइयो । व्यवस्थापन समितिका सचिव शिव जिसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो