पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता सुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात गरे ।
खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताए । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता प्रतियोगिताहरु सञ्चालन भइरहनुपर्ने सहयोगी गोपीबहादुर भट्टराईको भनाई छ । प्रतियोगितामा सिंगलतर्फ १६ जना र डबल्सतर्फ १२ टिमको सहभागिता रहेको टुर्नामेण्ट डाइरेक्टर प्रदीप खड्काले जानकारी दिए ।
प्रतियोगिको पहिलो दिन सिंगलतर्फ राज गुरुङले राजकुमार गुरुङलाई ६–४, ६–३ ले, प्रकासराज वाग्लेले दुर्गा सुनारलाई ६–४, ३–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरे । त्यसैगरि गोपी भट्टराईले हर्क गुरुङलाई ६–२, ६–१ ले, लक्ष्मण तामाङले पदम गुरुङलाई ६–२, ७–६ ले, धरमबहादुर लामिछानेले केबी लामालाई ४–६, ६–० र सुपरटाईमा १०–४ ले, शरण गुरुङले बिरेन्द्र लामालाई ६–२, ७–५ ले पराजित गरे । डबल्सतर्फ दोर्जे लामा र उज्वल तज्याको जोडीले प्रकासराज वाग्ले र इन्द्र गुरुङको जोडीलाई ७–६ र ६–३ ले पराजित गरेका छन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला