अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न. १ र १५ भिड्ने

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न. १ र १५ भिड्ने

Hemja football (2)

हेमजा । हेमजा यूनाइटेडको आयोजनामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । बिहीबार भएको वडा न.२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २/२ गोल बाराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न.१ ले वडा नं.२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं. ७ का ईश्वर गुरुङ, जर्सी नंं.१० का मिलन गुरुङ, जर्सी न.२ का अन्तिम गुरुङ, जर्सी न.१६ का असीम र जर्सी न.९ का बासूँ जी.सिले क्रमशः १/१ गोल गरेका थिए । वडा न.१ का जर्सी नं.९ का बासूँ जी.सी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं.१५ ले वडा न.५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै वडा न.१५ले फाइनलको यात्रा शुनिशच्ति गर्‍यो । जितका लागि वडा १५ का जर्सी न. २३ का इन्द्र थापाले २ गोल गरे साथै जर्सी न।१२ का मिलन गुरुङ र जर्सी न.७७ का सोम गुरुङ, १/१ गोल गरे । उक्त खेलमा वडा न.१५ का जर्सी न.१२ का मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

जेष्ठ १७ गते वडा न. १ र १५ विचको फाइनल खेल दिनको ठिक १:०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए ।

यता युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न. २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ