पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट नपरेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट भाषणमा मुख्य मुख्य केही योजनालाई समेटेर बजेट सुनाउने गरेको र गण्डकीका लागि पर्याप्त मात्रामा बजेट विनियोजन भएको बताएका हुन् ।
नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखरा क्रिकेट मैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन हुने र ति बाहेक राखेपले रातो किताबमा सात वटै प्रदेशका खेल पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको सुनाए ।
आर्थिक वर्ष २०८२/०८३ मा खेलकुदको बजेट ६ अर्ब ८ करोडको रहेको छ । यो बजेट खेलकुदमा हालसम्मकै उच्च हो । गत वर्ष तीन अर्व ५० करोड बजेट विनियोजन भएको थियो । ‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ नेपाली खेलकुदको इतिहासमा अंकमा बजेट निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शुन्य भन्ने कुरा सत्य होइन । बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, ‘मन्त्रालयको बजेट कति रह्यो र कार्यक्रमका मुल मुल हाइलाइट्स राखेर पुरा बजेटलाई पेश गर्ने कुरा हो । त्यसकारणले सदस्य सचिवको हिसाबले परिषदको बजेटमा गण्डकीका पुर्वाधार परेका छन् भन्न चाहन्छु ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानका लागि बजेट विनियोजन भएको र यस अघि आएको भन्दा तेब्बर बजेट आउने समेत उनले सुनाए ।
२०२७ मा महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपालमा हुने खेलका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नतीको काम चलिरहेको र सोही कामका लागि तेब्बर बजेट विनियोजन हुने सुनाएका हुन् । फुटबल मैदानका लागि हाइमास्ट फ्लड लाइटका लागि नेपाल उड्ययन प्राधिकरणसंग बारम्बार छलफल गरेपनि स्विकृत नपाएको समेत सुनाउँदै त्यसका लागि दोस्रो विकल्पमा आगामी दिनमा जाने सुनाए । यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले यथाशिघ्र उक्त सभाहल प्रदान गर्ने समेत बताए ।
मञ्चलाई हल प्रदान गर्नका लागि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहल गरेका थिए । उनले अध्यक्षमा नियुक्ति भए लगत्तै मञ्चका लागि हल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’