बागलुङ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमान नाच गलकोट नगरपालिकामा पहिलो पटक भव्य रूपमा प्रदर्शन गरिएको छ । नेवा खल गलकोटको आयोजनामा गलकोटमा सो नाँचको प्रर्दशन भएको हो ।
हनुमान नाच अवलोकन पछि बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले हनुमान नाच नृत्य मात्र नभई, ऐतिहासिक, धार्मिक र साँस्कृतिक जीवनशैलीको एक अभिन्न हिस्सा भएको बताए ।
उनले यस नाँचले हाम्रो परम्परागत मूल्य, मान्यता र सामाजिक एकतालाई दर्शाउने बताउँदै यसले धर्म, संस्कृति प्रतिको सम्मान बढाउने र नयाँ पुस्तामा मौलिक पहिचानको बोध गराउने उल्लेख गरे ।
गैरेले हनुमान नाँचलाई संरक्षण गर्न निरन्तर लागिरहेका कलाकार, गुरु सबै समर्पित व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस नाँच तथा मौलिक परम्परा संस्कृति संरक्षणको लागि नगरपालिका प्रतिवद्द रहेको बताए ।
हाम्रो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवा पुस्ताको भएकाले हनुमान नाच संरक्षणमा युवाहरुलाई अघि सारेको हनुमान नाच संरक्षण परिषद बागलुङका अध्यक्ष तिर्थ श्रेष्ठले बताउनुभयो । “हाम्रो पुरानो कलाको संरक्षण गर्ने दायित्व हाम्रै हो,” श्रेष्ठले भन्नुभयो, “हाम्रो कला संस्कृतिको संरक्षणको जिम्मेवारी युवाहरुको काँधमा छ ।” हनुमान नाचलाई करिब तीन शताब्दी पुरानो लोकसंस्कृतिका रुपमा लिने गरिन्छ । हनुमान नाच लोप हुँदै जान थालेपछि युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि तालिम र प्रशिक्षण दिने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेवा खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठले हनुमान नाँच करिब ३ सय वर्ष पुरानो सांस्कृतिक सम्पदा भएको र यसलाई संरक्षण तथा प्रवर्द्वन गर्ने उद्देश्यले गलकोटमा पहिलो पटक प्रदर्शन गरिएको जानकारी दिए ।
लोपोन्मुख अवस्थामा रहेको हनुमान नाँचले हिजो आजको पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदा सम्झाउने काम गर्ने र युवा पुस्तामा परम्परागत संस्कृति प्रतिको अभिरुचि बढाउने अपेक्षा गरिएको छ । श्रेष्ठका अनुसार गलकोटमा पहिलो पटक आयोजना गरिएको यो नाँचले स्थानीय संस्कृति, पर्यटन प्रवद्र्धन तथा एकताको सन्देश दिन पनि महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
हनुमान नाँच अवलोकनमा स्थानीयवासी, विद्यालयका विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, संस्कृतिप्रेमीहरू तथा विभिन्न समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम नेवाः खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठको अध्यक्षता, नेवाः खल गलकोटका निवर्तमान अध्यक्ष विरेन्द्र श्रेष्ठको स्वागत र कोषाध्यक्ष श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती